नियम १०
कोषको रकम वितरण गर्ने कार्यविधि

१०. कोषको रकम वितरण गर्ने कार्यविधिः

(१) कोषको रकम नियम ४ बमोजिमको प्रयोजनका लागि खर्च गर्ने गरी जिल्लास्तरीय दैवी प्रकोप समिति वा अन्य कुनै निकायलाई उपलब्ध गराइनेछ ।
(२) उपनियम (१) बमोजिम कोषको रकम उपलब्ध गराउ“दा दैवी प्रकोपको सघनता र व्यापकता, कोषमा उपलब्ध भएको रकम र खर्चको औचित्य समेतलाई दृष्टिगत गरी समितिले उचित ठहराए बमोजिम रकम उपलब्ध गराइनेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम रकम उपलब्ध गराउ“दा समितिले केन्द्रीय दैवी प्रकोप उद्धार समिति तथा जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिस समेतलाई आधार बनाउने छ ।